Connect with us
Kapilvast Forest

सरकारले कलंकी-चावहिल सडकखण्ड विस्तारको कामलाई तत्काल गति दिने

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं-सरकारले चक्रपथ सुधार आयोजना दोस्रो चरणको कामलाई तत्काल गति दिने भएको छ।आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले कलंकी–चावहिल सडक विस्तारका लागि चार निर्णय गरेको छ।

जसमा एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिना भित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्ने लगायत छन्।

नेपाल विद्युत प्राधिकरणबाट बिगतमा बिभिन्न बैठकहरुमा भएका प्रतिबद्धताहरु अनुसार कार्तिक मसान्त भित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र ३ महिना भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभर्याङ स्थित हाई भोल्टेज टावर स्थानान्तरण गर्ने निर्णय गरेको छ।

त्यसैगरी स्वयम्भूस्थित चैत्य कार्तिक मसान्त भित्र हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कार्तिक मसान्त भित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,