Connect with us
Kapilvast Forest

कस्तो रहला आज दिनभरको मौसम ?

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं-मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्‍न चापीय क्षेत्र रहेको छ । उक्त निम्‍न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्‍चिम-उत्तर पश्‍चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

अहिले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिनभरको मौसम 

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ।देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,