Connect with us
Kapilvast Forest

रिक्त पदमा सरकारको नियुक्ति ,लुम्बिनी विकास कोषको सदस्यसचिवमा शाक्य

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

mantri

काठमाडौं-मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण नियुक्ति गरेको छ । गत असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले यी नियुक्तिहरु गरेको हो । आइतबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ ।

मन्त्रिपरिषद् बैठकलेसरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा.वशिष्ट प्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा.बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

औषधी परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाई र दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्षमा डा.देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । ।असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाकारी दिनुभयो । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उहाले जानकारी दिनु भयो ।

बैठकले मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको भन्दै बिषेश सजकता अपनाउन आग्रह गर्नु भयो ।

कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको ज्ञवालीले बताउनु भयो।

उनले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गर्नु भयो ।

प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताउनु भयो । मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,