Connect with us
Kapilvast Forest

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न नेकपा नेता रावलको माग

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

bhim.jpg

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भएको छ।

रावलले सोमबार बिहान ट्वीट गर्दै सीमाका सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भएको हो।

‘हुम्लाको नाम्खा गाउँपालिका लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस,’ रावलले भन्नु भएको छ ।।

देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइनुपर्ने बताउनु भएको छ ।
सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको भन्दै प्रष्ट पारिसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,