Connect with us
Kapilvast Forest

५० हजार डलरभन्दा महँगा गाडी आयातमा लागेको प्रतिबन्ध फुकुवा

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं- सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भएको हो ।

कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनको भनाइ छ।सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै विलासी कारको आयातमा प्रतिबन्ध लगाएको हो। चैत तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

 

सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलरखरिद बिजकका अधारमा०भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाएका थिएनन्।यसको प्रत्यक्ष असर टोयोटा, ल्यान्डरोभर, टेस्ला, अउडी तथा बिएमडब्लूलाई परेको थियो।यस्तै तयारी मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,