Connect with us
Kapilvast Forest

जोरबिजोर उल्लंघन गर्ने १ हजार २१ सवारी साधन नियन्त्रणमा

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

traffice
प्रतिनिधिमुलक तस्बिर

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारीसाधनलाई कारवाही गरेको छ।हिजो नियन्त्रणमा लिएका सवारीसाधनमध्ये ८४९ दुई पाङ्ग्रे र १७२ वटा ४ पाङ्ग्रे सवारीसाधन छन्।

जोरबिजोर प्रणाली उल्लंघन गरेको आरोपमा शनिबार काठमाडौं उपत्यकाबाट ९५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको छ।काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। आज जोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,