Connect with us
Kapilvast Forest

पदको दुरुपयोग गरेको आरोप कैलालीको सीमा प्रहरी चौकीका सबै प्रहरीलाई कारबाही

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

sima-prahari-kailali.jpg

कैलाली -लापरबाही बढ्न थालेको भन्दै धनगढी उप(महानगरपालिका १४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् ।सई गोपाल कार्कीसहित १० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको हो । उनीहरुले पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

भदौ २८ गते सोही चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेका थिए । सो घटनामा समेत प्रहरीले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो ।

केही समयअघि सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको समेत आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिनु भयो ।

सो चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको उहाँले जानकारी दिनु भयो । जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुने उनले बताए । ‘उनीहरु माथि आन्तरिक छानबिन हुन्छ दोषि देखिए थप कारबाही हुने बताउनु भयो

प्रहरीले लापरबाही बढेको, पदको दुरुपयोग गरेर जिल्ला तानिएको बताए पनि स्थानीयले भने तस्करसँग मिलेर असुली धन्दामा गरिरहेको आरोप छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,