Connect with us
Kapilvast Forest

हराएको १० दिनपछि आमा-छोरीको शव फेला

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

death
प्रतिनिधिमुलक तस्बिर

बाजुरा — बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडीबाट १० दिनअघि बेपत्ता चार छोराछोरी र आमामध्ये दुई जनाको शव आइतबार कर्णाली किनारमा फेला परेको छ ।आमा सत्ता नेपाली र छोरी सन्तोषी नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मदनजित महराले बताउनु भयो  । उहाँका अनुसार आमाको थितीचौर र बालिकाको शव पिलुचौर नजिक फेला परेको हो । बेपत्ता अन्यको खोजी कार्य जारी रहेको उहाँले बताउनु भयो  ।

रुगिन गाउँमा घर भई कवाडीमा बस्दै आएका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता र ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती अघिल्लो शुक्रबार बेपत्ता भएका थिए ।

आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको आशंकामा प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका थिए । घटना भएकै दिन एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको थियो ।

प्रहरीका अनुसार बेपत्ता भएको बिहान घरमा श्रीमान् दुईबीच खटपटसमेत भएको थियो ।त्यसपछि बुहारी बच्चाहरूलाई लिएर नदीतिर लागेको देखेको सासू कुसुमकलाले बताएको डीएसपी महराले भन्नु भयो  ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,