Connect with us
Kapilvast Forest

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

current
प्रतिनिधिमुलक तस्बिर

झापा-बिर्तामोड नगरपालिका-१० स्थित नालामा माछा मार्ने क्रममा करेन्ट लागेर पाँचथर फिदिम नगरपालिका-५ घर भएका २४ वर्षीय शिव तुम्बाम्फोको हिजो साँझ मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका-१० स्थित सानीआमाको घरमा पाहुना आएका उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा शिवको बाटोमै मृत्यु भएको हो।

सोही घटनामा करेन्ट लागेर घाइते भएका बिर्तामोड नगरपालिका-१० बस्ने ४१ वर्षीय हरिप्रसाद रिमालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,