Connect with us
Kapilvast Forest

सवारी दुर्घटनामा चारजनाको मृत्यु

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

accident

काठमाडौं- बारा र सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित सडकमा ना.१ त ५८०० नम्बरको ट्रयाक्टरबाट खसेर सोही ट्रयाक्टरमा लेबर काम गर्ने कलैया उपमहानगरपालिका–२२ मदिलवा बस्ने २५ वर्षीय शेख रुस्तमको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सडकमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–५ बस्ने ६५ वर्षीय सोकील मियाको आइतबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछीस्थित सडकमा को.१७ प ६९८१ नम्बरको मोटरसाइकललाई मे.१ ख २४९८ नम्बरको ट्याङकरले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–५ बस्ने ७० वर्षीय कृष्ण दाहालको घट्नास्थलमै मृत्यु भएको छ। ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–१ खोनिया पुलस्थित सडकमा ना.५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई आइतबार राति पल्टिदा ट्रकमा सवार हाल पहिचान नखुलेकी करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर–४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल रिफर गरिएको छ।दुर्घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,