Connect with us
Kapilvast Forest

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीका प्रमुख सचेतक शाह निलम्बित

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक गुलावजंग शाहलाई हटाउनु भएको छ । प्रमुख सचेतक शाहलाई हटाएर सीताकुमारी नेपालीलाई नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बिसीले जानकारी दिनु भयो ।

शाहले आफूलाई निरन्तर असहयोग गरेको भन्ने भएपछि मुख्यमन्त्रीले हटाएको बिसीले जानकारी दिए। मुख्यमन्त्री शाहीका विरुद्ध १८ जना प्रदेश सभा सांसदले अविश्वास प्रस्ताव ल्याएपछि पार्टीमा तिक्तता बढ्दै गएको छ।

मुख्यमन्त्री शाहीले सोमबार उहाँलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिनु भएको हो ।पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’साथै, शाहीले दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिता कुमारी नेपालीलाई नियुक्त गरिसक्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,