Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा ४हजार ४७ जनालाई कोरोना संक्रमण,१हजार ४सय ७३ जना कोरोना मुक्त

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

corona ncn

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४३० जनाको पीसीआर परीक्षण भएको छ ।

२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ। त्यस्‍तै पछिल्लो २४ घण्टामा कोरोनाले काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ भने १४ सय १६ जनामा संक्रमण देखिएको छ। काठमाडौंका १८८८ ,ललितपुर २७७ र भक्तपुरका ११८ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,