Connect with us
Kapilvast Forest

बाङ्ग्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने नयाँ कानुन

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

adalt

एजेन्सी-बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ ।

केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दैै आएका थिए ।बंगलादेश प्रहरीको तथ्यांकअनुसार गत वर्ष करिब साढे पाँच हजार बलात्कारका घटनामा उजुरी परेको छ । तर त्यसअनुपातमा दोषी ठहर हुनेको संख्या भने निकै कम पाइएको छ ।

बलात्कारका कतिपय घटना प्रकाशमै नआउने गरेको अधिकारकर्मीहरु बताउँछन् । बलात्कारजस्तो अपराधमा द्रुत कारवाहीको व्यवस्था हुनुपर्ने उनीहरुको भनाइ छ ।

मौजुदा व्यवस्थामा बंगलादेशमा बलात्कार सम्बन्धी अपराधमा आजन्म कारावासको व्यवस्था छ । पीडितको मृत्यु भएको अवस्थामा भने अपराधीलाई मृत्युदण्डसमेत हुन सक्ने व्यवस्था छ । सरकारले कानुन संशोधन गर्दै बलात्कारमा संलग्न अपराधीलाई मृत्युदण्डको सजायसम्बन्धी प्रावधान राखेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,