Connect with us
Kapilvast Forest

 कपिलवस्तुमा राष्ट्रव्यापी युवा भेटघाट कार्यक्रम सम्पन्न

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

  • राम अवतार चौधरी
कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं.२, गोरूसिंगेमा राष्टव्यापी युवा भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
ख्याल बगालले आदिवासी जनजाति समुदायको खोज अनुसन्धान गर्नु आजको अवश्यकता भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।
थरुहट थरुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुले थारु समुदायको हक, हित र अधिकारका लागि सबै थारु युवाहरू एक्यवद्ध भएर लाग्नुपर्ने बताए ।
गैर थारु समुदायको अधिकार हनन नहुनेगरि आफ्नो इतिहासको खोजनिति गर्नु जरुरी रहेको थारुले उल्लेख गरे ।
विगतका दिनलाई स्मरण गर्दै अबका पुस्ताले बन्दुक र बम, गोलाले होइन् बौद्दिक लडाइ लड्नु अति आवश्यक रहेको उल्लेख गर्दै थारु समुदायमा विशेषगरी शिक्षा, स्वास्थ्य लगायत अन्य हरेक क्षेत्रमा पहुँच हुनु समेत पनि उत्तिकै जरुरी रहेको उनले बताए ।
साथ–साथै २१औँ शताब्दीका शिक्षित पुस्ताले देश र समुदायका लागि योगदान पु¥याउनुमा महत्त्वपूर्ण भुमिका रहको बताउँदै सरकारको हरेक गतिविधिमा थारु समुदायको माग र मुद्दहरूको सम्बोधन हुने गरि लाग्नु पर्नेमा संयोजक थारुले जोड दिए ।
ख्याल बगालको आयोजनामा भएको कार्यक्रम थरुहट थरुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुको प्रमुख आतिथ्यता, थरुहट थरुवान राष्ट्रिय मोर्चाको कैलाली संयोजक माधव चौधरी, करूणा डेभलपमेन्ट फाउन्डेसन रूपन्देहीका प्रबन्ध निर्देशक प्रेम नारायण चौधरीको प्रशिक्षण तथा कमलारी मुक्त कमैयाका अभियान्ता विष्णु चौधरी र २७ जना स्थानीय लगायतको सहभागीता रहेको थियो ।
कोभिड–१९ अर्थात् कोरोना महामारीको बीच स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि कार्यक्रम भएको छ । तराईका थारु जातिको बाहुल्यता रहेको सम्पूर्ण जिल्लामा यो कार्यक्रम सञ्चालन गरिने ख्याल बगाल संयोजक सबी थारुले जानकारी दिए ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,