Connect with us
Kapilvast Forest

वडाअध्यक्षको मोटरसाइकल चोर्ने दुई जना पक्राउ

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

रौतहट- चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारका १८ वर्षीय छोरा जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको २० वर्षीय छोरा सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एंव प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो ।

उहाँका अनुसार कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको तीनदिन अघि चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको हो । आफ्नै घर अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा यही असोज २३ गते सो मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,