Connect with us
Kapilvast Forest

आईपीएलमा कोलकत्तामाथि बैंगलोर ८२ रनले विजयी

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

benglore.jpg

एजेन्सी- रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६र१६ रन बनाउनु भयो ।

कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नु भएन । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २र२ विकेट लिनु भयो । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एकरएक विकेट लिनु भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाउनु भयो । कप्तान विराट कोहली ३३ रनमा अविजित रहनु भयो ।

जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ ।

७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,