Connect with us
Kapilvast Forest

“विकास कुनै पक्ष र विपक्षको हुँदैन :पूर्वमन्त्री बाँस्कोटा

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

काभ्रेपलाञ्चोक – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पुर्‍याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताउनु भएको छ ।उहाँले विकासनिर्माणका लागि सरकारसँग बजेट र योजनाको अभाव नभएकोसमेत दावी गर्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित नेकपा नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै सबै स्थानीय तहले ध्यान दिए बजेट र योजना कार्यान्वयनमा सहज हुने बताउनु भयो ।

“विनियोजित बजेट विविध कारणले खर्च नहुँदा कतिपय योजना सम्पन्न भएका छैनन्, यसमा स्थानीय तहले विशेष ध्यान दिनु पर्नु बताउनु भयो ।“विकास कुनै पक्ष र विपक्षको हुँदैन, तर केमा कसले कति ध्यान पु¥याउने भन्ने मात्रै हो, जसले विकासको नेतृत्व गर्छ उसलाई जनताले मन पराउनु स्वाभाविक नै हो ।”

उहाँले हाल कुनै पनि योजना बजेट अभावमा नरोकिएको तर कार्यान्वयनमा जटिलता पैदा भएको दोहो¥याए ।नेता बाँस्कोटाले नेकपा ठूलो पार्टी भएकाले प्रतिस्पर्धासहितको सहकार्यको अनिवार्य आवश्यकता रहेको बताउनु भयो ।

“तर एकले अर्कालाई निषेध गर्छु भनेर जाने हो निषेधको राजनीतिले पार्टी बन्दैन, विचारलाई व्यक्ति एक्लैले रोक्न–छेक्न नसक्ने बताउनु भयो । सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई बाँक्कोटाले सदस्यता प्रदान गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,