Connect with us
Kapilvast Forest

गाईको मासु, हड्डी र छालासहित तीन पक्राउ

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

pakrau fiture

नेपालगञ्ज-बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित आज तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । उनीहरुलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घटना बारे थप अनुसन्धान र छानवीन भइरहेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,