Connect with us
Kapilvast Forest

कोरोना सङ्क्रमण चौथो चरणमा प्रवेश गरिसक्याे : डा. मरासिनी

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं -नेपालमा कोरोना सङ्क्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिस्ट डाक्टर बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो समय सङ्क्रमणको दर उच्च गतिमा बढिरहेकाे र पूर्णरुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको सङ्क्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीकाे भनाइ छ ।

समग्र देशको सङ्क्रमणको स्थिति भन्दा पनि काठमाण्डाै उपत्यकाको सङ्क्रमण चौथो चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो । काठमाण्डाै उपत्यकाभित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालयलगायत सबै क्षेत्रमा सङ्क्रमण फैलिइसकेकोले स्थिति नियन्त्रणबाहिर गइसकेको उहाँले बताउनुभयो ।

सरकारले सही नीति लिन नसक्दा सङ्क्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उहाँले स्पष्ट पार्नुभयाे । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवत जावतलाई व्यवस्थापन नगर्दा सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो ।

सरकारले सीमा नाकामा आउने मानिसलाई अव्यावहारिक व्यवहार गरेकाले पनि सङ्क्रमण समुदायमा फैलिएको उहाँले बताउनुभयाे । उहाँले कोरोना सङ्क्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको बताउनुभयो । त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताउनुभयो ।

त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब सङ्कलन गरेपछि नाैदेखि १० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा सङ्क्रमण फैलिन सहयोग पुर्‍याएको उहाँको भनाइ छ ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,