Connect with us
Kapilvast Forest

मनतातो पानी पिउनुका फाइदा

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ -हरेक प्राणीको जीवनका लागि पानी अत्यावश्यक छ । पानीबिनाको जीवनको कल्पना समेत गर्न सकिँदैन।हरेक मानिसले खाने पानीको मात्राले मानिसको स्वस्थतालाई बढाउने या घटाउने कार्य गर्छ । चिकित्सकहरूका अनुसार दैनिक रूपमा करिब ५ लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ ।साथै स्वस्थ जीवनका लागि पनि पानीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

मनतातो पानी पिउनुस्, यस्ता छन् फाइदा
– मनतातो पानी पिउनाले शरिरको मोटोपन कम गर्न मद्धत गर्छ ।

– मनतातो पानी पिउनाले शरीको रक्तसञ्चार चुस्त हुन्छ र रगतसँग जोडिएका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानीको प्रयोगले छालामा आउने डण्डिफोर, फुस्रोपनालाई कम गर्न मद्धत गर्छ र छालालाई स्वस्थ राख्नका लागि सहयोग गर्छ ।

– चिसोबाट सुरक्षा पाउनका लागि मनतातो पानीको प्रयोग गर्नु उत्तम मानिन्छ । रूघा, खोकी, कफ जस्ता समस्याबाट मुक्ति दिन्छ ।

– शरिरबाट पसिना निस्कनुलाई राम्रो मानिन्छ । पसिना निस्कँदा विभिन्न रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् र पसिनाको उचित निष्कासनका लागि मनतातो पानी फाइदाजनक हुन्छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,