Connect with us
Kapilvast Forest

आज राजधानीका विभिन्न स्थानमा विद्युत् काटिने

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

काठमाडाैं- नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६ः३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ । यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल टे«डिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कूल, मरुहिटी, ढोकाटोल, नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ ।

यस्तै क्षेत्रपाटीचोक, जैशीदेवल, ज्यावबहाल, चिकमुग¬ङ्ल, भीमसेनस्थान फिडरअन्तर्गत अन्डरग्राउण्ड हुँदै टेकु नेशनल टे«डिङको बाहिरपट्टि काठमाडौं विजनेशपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रम्हटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले तोकिएको समयअगावै तोकिएको कार्य सकिएको खण्डमा विद्युत् पुनः सञ्चालनमा आउन सक्ने सूचना अधिकृत अर्यालले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,