Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द हुने

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौ- सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको छ ।

कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ ।

यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,