Connect with us
Kapilvast Forest

सार्वजनिक यातायातको पुरानै भाडादर, सबै सिटमा यात्रु बोक्न पाउने

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

काठमाडौ- सरकारले सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो।

यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो। त्यसबापत ५० प्रतिशत वढी भाडा लिन छुट दिइएको थियो।

अब दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्।

यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,