Connect with us
Kapilvast Forest

स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

बैतडी-बैतडीका छवटा स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सङ्घीय सरकारले जिल्लाका छवटा स्वास्थ्यचौकीलाई १५ श्यया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । पुर्चौंडी नगरपालिका–३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

यसका लागि सङ्घीय सरकारले रु एक करोड बजेट विनियोजन गरेर पुर्चौंडी नगरपालिकाको खातामा पठाएको छ । यस्तै सूर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकी र पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीलाई १० श्ययाको अस्पतालमा स्तरोन्नति गरिने बताइएको छ ।यसका लागि सम्बन्धित स्थानीय तहमा रु ८५ लाखका दरले बजेट पठाइएको जनाइएको छ ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,