Connect with us
Kapilvast Forest

चेम्बर अफ कमर्श ७० औं वर्षमा

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

nepal-chember-of-commerce1.png

काठमाडौं -नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रको पहिलो छाता संगठनको रुपमा २००७ सालमा आश्विन २७ गते स्थापना भएको चेम्बर अफ कमर्श मंगलबारदेखि ७० औं वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवका अवसरमा चेम्बरले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष भने कोरोना भाइरस महामारीका कारण विशेष कार्यक्रम आयोजना नहुने चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनु भयो ।

 

राणा शासन रहेकै बेला स्थापना भएकाले चेम्बरलाई प्रजातन्त्र भन्दा जेठो संगठन पनि भनिन्छ । २०१२ सालमा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाईमा भएको थियो ।

स्थापना कालदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि भूमिका खेल्दै आएको चेम्बरले सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव समेत दिने गरेको छ ।

चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ ।

रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।

२००७ सालमा ‘वणिक मण्डल’ गठन भई चेम्बरको शुरुवात भएको थियो । पछि २००९ सालमा नेपाल व्यापार संघको नामबाट औपचारिक दर्ता भई २०१० कात्तिकमा भएको प्रथम साधारणसभाले नाम फेरेर चेम्बर अफ कमर्श राखेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,