Connect with us
Kapilvast Forest

अविश्‍वासको प्रस्ताबाट माधव नेपालसमूह पछि हट्यो,जोगिने भयो मुख्यमन्त्री शाहीको पद

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह फिर्ता भएको छ ।मङ्‍गलबार बिहान बसेको नेता नेपाल पक्षधर सांसद र केन्द्रबाट खटिएर गएका नीरज आचार्यसहितको छलफलबाट अविश्‍वासको प्रस्तावबाट पछि हट्ने निर्णय गरेको माधवकुमार नेपाल निकट एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुमध्ये केहीले निर्णय फिर्ता लिन सहमति जनाएपछि मुख्यमन्त्री शाहीकी पद जोगिने भएको हो।

शाहीलाई हटाउन हस्ताक्षर गरेकाहरुबीचमै विभाजन आएपछि सो प्रदेश सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही मन्त्रीहरुले भने राजीनामा दिने तयारी गरेका छन्।

नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि आज बोलाइएको संसदीय दलको बैठक बिलखबन्दमा परेको छ । नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्तापछि हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यामलाल कँडेलको समूह एकछिन भेला भएर हिँडेका छन् । कँडेल समूहका आठ नेताले अविश्वासको प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए ।

नेता नेपाल समूहसँग मन्त्रिपरिषद् पुनर्गठनमा कुरा मिलेको बताइएको छ । प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय रिक्त थियो । नेपालनिकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले बर्खास्त गर्नु भएको थियो । अर्को मन्त्री नियुक्त नगरी आफैं मातहत राखेपछि विवाद चर्किएको थियो । त्यही मन्त्रालय पूर्ति गर्ने कि, अरू पनि पुनर्गठन गर्ने भन्‍ने समझदारी नजुटिसकेको र केन्द्रबाट निर्देशनको प्रतीक्षामा रहेको एक नेताले बताउनु भयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,