Connect with us
Kapilvast Forest

ओली भेट्न प्रचण्ड बालुवाटार

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

kp oli

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेली भेट्न बालुवाटार पुग्नु भएको छ ।

केहीबेर अघिमात्रै बालुवटार प्रवेश गरेका प्रचण्ड र ओलीबीच कर्णाली प्रदेशमा आएको समस्या र त्यसको दीगो समाधान खोज्ने विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको गत आइतबार ओली पक्षका प्रदेश सांसदको अगुवाइमा अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली र प्रचण्डबीच खटपट सुरु भएको थियो ।

यद्यपी यसबारेमा अर्का नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव फिर्ता लिन सहमति जनाइसकेको छ । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गने नेपाल समूहका ७ जना आज बोलाएको दलको बैठकमा नै नगएर पछि हटेपछि सो संकट तत्काल टरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,