Connect with us
Kapilvast Forest

ब्यापार संघ कपिलवस्तुद्वारा शुभकामना आदानप्रदान तथा फलफुल बितरण

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

अर्जुन बेल्बासे ,कपिलवस्तु-निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको अवसरमा व्यापार संघ कपिलवस्तुले यो महामारीको विचमा पनि स्वास्थ्य मापदण्डलाइ ख्याल गरी मगंमबार शुभकामना आदान प्रदान तथा फलफुल बितरण गरेको छ ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै व्यापार संछ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले आफु आवद्ध संगठन निजी क्षेत्रको पहिलो छाता संगठनको रुपमा २००७ सालमा आश्विन २७ गते स्थापना भएको चेम्बर अफ कमर्श मंगलबारदेखि ७० औं वर्षमा प्रवेश गरेको बताउनु भयो हो ।वार्षिकोत्सवका अवसरमा चेम्बर अफ कपिलवस्तुले सधाका वर्ष जस्तै गरी विशेष कार्यक्रम आयोजना गर्न नपाए पनि स्वास्थ्य मापदण्डलाइ ख्याल गरी ७० वर्ष प्रवेश गरेको अवसर साथ साथै नेपालीहरुका महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सोहि कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले समृद्ध नगरको विकासका लागि व्यापार संघ कपिलवस्तु स्थानिय निकायसंग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।साथै कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस क्षेत्रको चिनारी भनेको हाम्रो पहिचान हो त्यसैल हाम्रो पहिचान कस्तो बनाउने भन्नु नै हामीमा भर पर्छ त्यसैले हरेक काम नेत्रित्वमा पुगेकाको आखाँ ताकेर हैन मैले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने सकरात्मक भावना बाट अगाडि बढ्नु पर्ने बताउनु भयो ।

वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताउदै यसका लागि सरकारले ध्यान पुराउनु पर्ने बताउनु भयो । साथै कार्यक्रमकै विचामा ब्यापार संघका अभिावग टिकाराम पोडेलको निद प्रति दुख ब्यक्त गर्नु भयो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार के सी ले अबको एजेन्डा आर्थिक समृद्धि हुनुपर्छ तर यो महामरीले अर्थतन्त्र चलायमान हुन नसकेपनि हरेक नागरीक र ब्यावसायिहरुले स्वास्थ्य मापदण्डलाइ ख्याल गरी अब आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्ने बताउनु भयो । मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनुपर्ने बताउनु भयो । साथै ब्यापार ब्यावसायिहरुले म्याद नागेका अखाध्य सामाग्रि बेचेर उपभोक्ता ठग्ने र स्वास्थ्य सगँ खेलवाड गर्ने हैन फिर्ता गर्ने वा नष्ट गर्ने बानी बसाल्न समेत आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवम शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले विगत देखि वर्तमान अवस्थासम्म नगर लगायत रहेक विकासको क्षेत्रमा निजी क्षेत्रको हैसियतमा ब्यापार संघ कपिलवस्तुले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि निजी क्षेत्रसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा उहांले राजनैतिक दल, उद्यमी व्यवसायीहरुको समन्वयमा समृद्ध नगर बनाउने अभियानमा सबै अगाडि बढ्न अनुरोध गर्नु भयो ।


त्यस्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सुर्य बहादुर काकिले यो महामारी र आउदै गरेका नेपालीहरुका महान पर्वलाइ केन्द्रित गरेर व्यावसायि र उपभोक्ताको हकहितको लागि बजार अनुगमन कार्यलाइ तिव्रता दिएको बताउनु भयो । साथै कार्यक्रममा बोल्दै व्यावसाय सुरु गर्दा ब्यापारलइ बैधानिक रुपमा दर्ता गरी सञ्चालन गर्न आग्रह गर्नु भयो । साथै आफनो ब्यावसायको समयमै कर तिर्न समेत आग्रह गनु भयो । ब्यापार ब्याव्यावसायमा रहेका रहेक चिजमा गुर्णस्तर हुनु आबश्यक रहेकाले गुणस्तिय सामाग्रिको खरिद विकृ गर्न समेत आग्रह गर्नु भयो ।


कार्यक्रममा बोल्दै राष्ट्रिय मानब अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्नु प्रसाद खतिवडाले ब्यापार संघ सामाजिक कार्यम उपस्थिति जनाएर नाम प्रतिष्ठित बनएको छ अझै यस्तै कार्यमय अग्रसर हुदै सधै उपभोक्ताको हक हितको निम्ति लाग्न संघलाइ आग्रह गर्नु भयो ।

त्यस्तै उध्योग बाणिज्य संघ चन्द्रौटाका महासचिव नारायण भा क्षेत्रिले सहकार्य गरेर अगाडि बडे सुमार्ग पहिल्याउन सकिने हुदा सहकार्य हुनु पर्नुमा जोड दिनु भयो । साथै नेपालीहरुका आउदै गरेका पर्वको शुभकामना दिदै यो महामारीलाइ ख्याल गर्दै हाम्रो संकृतिलाइ जोगाउदै पर्व मनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा शिवराज जेसिसका अध्यक्ष विजय सापकोटाले आउदै गरेको नेपालीहरुको महान चाडले यो कोभिड लय परास्त गर्न सकोस भनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेश शिवराजका सभापति मधु पोख्रेलले ब्यपारिले गरेको फोहोर सुरक्षमा खटिएका सुरक्षाकर्मिहरुले तहलाउनु पर्ने सुरक्षाका निम्ति बसेका शसस्त्रहरुलाइ सरसफाइ अभियानमा लगाउने एटा चलन नै बनिसकेकाले यो खराव आचरण भएको बताउनु भयो । त्यसैले आफनो सहर आफै बनाउँ अभियानमा आफै लाग्न आग्रह गर्नु भयो ।

चेम्बर अफ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको आध्यक्षता, प्रदेश सभा सांसद अर्जुन कुमार के .सी को प्रमुख आतिथ्यता शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीको विशिष्ट आथित्यता रहेको कार्यक्रमको संचालन ब्यापार संघ कपिलवस्तुका महासचिव जगत पौडेलले गर्नु भएको थियो ।कोभिडको महामारीको विच पनि उद्यमी व्यवसायी, स्थानिय प्रशासन, सुरक्षा निकाय प्रमुख, राजनैतिकदलका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,