Connect with us
Kapilvast Forest

कोरोनाकालमा सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय छ : पूर्वप्रधानमन्त्री भट्टराई

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

baburam bhatrai ncn

पर्सा- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

उहाँले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थाततालाई जनतासमक्ष पु¥याउँदै सरकारलाई जनहितमा कार्य गर्न बाध्य बनाएको जिकिर गर्नुभयो ।

पिसिमिया नेटर्वक प्रालिद्वारा वीरगञ्जमा सञ्चालित रहेको रेडियो सान्भी ९६.४ मेघाहर्ज र साझा डेली डडकमको आज एक समारोहका बीच उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सञ्चारजगत्ले खेलेको भूमिकाकै कारण समाजमा न्याय व्यवस्था कामय हुन मद्दत पुग्नुका साथै लोकतन्त्र बलिको हुँदै गएको बताउनुभयो।

लोकतन्त्रको चौथो अङ्गका रुपमा रहेको सञ्चार क्षेत्रलाई स्वतन्त्र, निष्पक्ष र आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन नसकिए लोकतन्त्र कमजोर हुने खतरा रहेको नेता भट्टराईले जिकिर गर्नुभयो । उहाँले सञ्चार क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले सञ्चारगृहमा काम गर्ने सञ्चारकर्मीलाई आर्थिकरुपमा बलियो बनाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताउँदै सञ्चार क्षेत्रलाई आर्थिकरुपमा सवल बनाउन सरकारले समेत पहलकदमी लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा सहभागी रहेका जनता समाजवादी पार्टी नेपालका कार्यकारी अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सामाजिक न्याय, मौलिक अधिकार र मानवअधिकार रक्षका लागि नेपाली सञ्चारजगत्ले राम्रो भूमिका निर्वाह गरे पनि यसलाई अझै व्यवस्थितरुपमा अगाडि बढाउन आवश्यक रहेकोे धारणा व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा राज्यपक्षबाटै विभेद र मानवअधिकार उल्लङ्घनको घटना प्रकाशमा आइरहेको वर्तमान अवस्थामा सञ्चारजगत्को भूमिकालाई थप बढाएको छ भने खोजी पत्रकारितालाई नयाँस्वरुपमा अगाडि बढाउन सञ्चार क्षेत्रमाथि दायित्वलाई बढाएकोे बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,