Connect with us
Kapilvast Forest

लुम्विनी प्रदेशमा प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

lumbinipolice-office.png

कपिलवस्तु, अर्जुन बेल्बासे –
लुम्विनी प्रदेश प्रहरी कार्यालयले चाड पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।प्रदेशको सुरक्षा व्यवस्थालाई भरपर्दो एवं मर्यादित बनाउनका लागि नेपालीहरुका महान चाड वडा दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो।

चाडपर्वको समयमा समाजमा हुने सामाजिक विकृतिदेखि सामाजमा घट्न सक्ने जघन्य अपराध समेतको न्यूनीकरणका लागि छुट्टाछुट्टै विशेष टोली गठन गरिएको छ।

अपराध नियन्त्रण गर्न यात्रुलगायत समस्यामा परेका व्यक्तिहरुको सहजीकरणका लागि प्रदेशका ३० ठाउँमा ट्राफिक तथा जनपद सहितको यात्रु सायता कक्ष (प्यासेन्जर हेल्प डेस्क) स्थापना गरिएको लुम्विनी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदावारले बताउनु भयो।

चाडवाडको समयमा हुने जुवातास जस्ता विकृतिलाई नियन्त्रण गर्न विभिन्न जिल्लमा २५ वटा विशेष टोली परिचालन गरीएको बताउनु भयो । परम्पराको रुपमा अवलम्बन गर्ने कार्यलाई निरुत्साहित गर्न प्रहरी परिचालन हुन छ अधिक सवारी चापका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सहितको ४१ वटा प्रहरी टोली परिचालन गरीएको बैदवारले जानकारी दिनु भयो ।

भन्सार गुण्डागर्दी, चोरी डकैती, तस्करी लगायतका अपराध नियन्त्रण गर्न विभिन्न प्रहरी इकाइबाट २५ वटा प्रहरी टोली परिचालन गरिएको बताउनु भयो। साथै रातको समयमा हुन लागुऔसध ,हातहतियार ,मानवबेचविखन ओसारपसार लगायतका अपराधिक कृयाकलाप नियन्त्रण गर्न राजमार्गमा ६५ स्थानमा चेकप्वाइन्ट राखि चेकजाँचको ब्यवस्था मिलाएको बताउनु भयो ।

सिमाक्षेत्रमा हुन सक्ने चोरी तस्करी ,लुटपाट जस्ता अपराधिक घटना निरुत्साहित गर्न सिमाक्षेत्रमा ७० वटा प्रहरी इकाइ बाट अनुगमनको ब्यवस्था मिलाइएको बताउनु भयो ।

उपभोक्ताको हक हित संरक्षणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाउने रणनीति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लिएको छ।

महिला एवं बालबालिका ,जेष्ठनागरिक तथा फरक क्षमता भएका नागरीकहरुलाइ हुनसम्ने दु माथि हुने दुर्व्यवहार, यौनजन्य हिंसा, कालोबजारीलगायत न्यूनीकरणका लागि कार्यहरू अगाडि बढाइएको बताउनु भयो । चाडपर्वलाइ लक्षित गरी प्रदेशका विभिन्न ठाउँमा शान्ति शुरक्षा ब्यवस्थापन गर्न ७२३३ जना प्रहरी जनशक्ति परिचालन गरीएको लुम्विनी प्रदेश प्रहरी प्रवक्ता बैदवारले जानकारी दिनु भयो ।

लुम्विनी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार गठन गरिएका टोलीको प्रत्यक्ष रुपमा सञ्चालन र नियमन प्रदेश प्रहरी कार्यालयले गर्ने व्यवस्था गरिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,