Connect with us
Kapilvast Forest

कोरोना सगँ सम्वन्धि सबै सेवा निःशुल्क गर्न सरकारलाई सर्वोच्चको आदेश

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौं– सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा कोरोना परीक्षण निःशुल्क गर्न आदेश दिएको हो।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले परीक्षणका लागि गएका व्यक्तिको अनिवार्य कोरोना परीक्षण गराउन पनि आदेश दिएको छ।

फैसलामा सरकारले कोभिड–१९ सरुवा रोग भएको स्वीकार गरेकाले यसको सबै प्रकारको उपचार र परीक्षण निःशुल्क हुनुपर्ने उल्लेख गरिएको छ।

भिसा प्रयोजनका लागि गएका व्यक्तिको पनि अनिवार्य र निःशुल्क परीक्षण गर्न आदेश दिइएको छ। त्यस्तै फैसलामा निजी अस्पताल नाफामुलक भए पनि सरकारले दिएको शुल्कको निर्देशनलाई पालना गरेर अगाडि बढ्नुपर्ने जनाइएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,