Connect with us
Kapilvast Forest

नेसन्स लिगमा स्पेन पराजित, जर्मनी स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

एजेन्सी– जारी यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पेन पराजित भएको छ। युक्रेनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम घरेलु टिमसँग १–० गोल अन्तरले पराजित भएको हो।

युक्रेनको जितका लागि भिक्टर स्याहान्कोभले निर्णायक गोल गरे। उनले खेलको ७६ औं मिनेटमा योर्मोलेन्कोको पासमा गोल गर्दै युक्रेनलाई जित दिलाउनु भएको थियो ।हारका बाबजुद ७ अंकका साथ स्पेन लिग २, ग्रुप ४ को शीर्षस्थानमा छ भने विजेता युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ।

त्यस्तै मंगलबार राति नै सम्पन्न अर्को खेलमा जर्मनीले स्विट्जरल्यान्डसँग ३–३ गोलको बराबरी खेलेको छ। जर्मनीको रेहिन इनर्जी रंगशालामा सम्पन्न खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडे।

जर्मनीका लागि टिमो वेर्नर, कई हभट्र्ज र सर्ज गन्याब्रीले १–१ गोल गरे। यता स्ट्जिरल्यान्डका लागि भने मारियो गाव्रानोविचले दुई गोल गरे भने रोमो फ्रेउलरले एक  गोल गर्नु भयो  ।

स्ट्जिरल्यान्डका फबियन स्चले अन्तिम मिनेटमा रातो कार्ड पाएपछि उनी इन्ज्युरी समयमा बाहिरिएका बाहिरीनु भयो।जर्मनी र स्विट्जरल्यान्डले बरबरी खेल्दैअंक बाँडेसँगै अंकतालिकामा जर्मनीको ६ अंक छ भने स्विट्जरल्यान्डको २ अंक मात्र छ। जर्मनी समूहको दोस्रो स्थानमा रहँदा स्विट्जरल्यान्ड पुछारमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,