Connect with us
Kapilvast Forest

रोनाल्डोलाई कोरोना संक्रमण

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

एजेन्सी– इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ।पोर्चुगिज फुटबल फेडेरेसन (एपपीएफ) ले मंगलबार कोरोना संक्रमण पुष्टि भएको सूचना जारी गरेको हो।

उहाँलाई कुनै लक्षण नदखिएको एफपीएफले बताएको छ।उहाँले गत सोमबार राति फ्रान्सविरुद्धको खेलमा सहभागिता जनाउनु भएको थियो ।उहाँलेको टिमले विश्वविजेता फ्रान्ससँग पेरिसमा एक हजार दर्शकमाझ गोलरहित बराबरी खेल्ल्नु भएको थियो ।

रोनाल्डोकै कप्तानीमा अघिल्लो सिजन उपाधि जितेको पार्चुगलले भोलि बुधबार स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ।उहाँबाहेक अन्य खेलाडीलाई भने कोरोना देखिएको छैन। अन्य खेलाडि भने खेलमा सहभागी हुने जनइएको छ।

रोनाल्डोले गत सेप्टेम्बरको नेसन्स लिगमा स्विडेनलाई हराउँदा राष्ट्रिय टीमका लागि १०० गोल पूरा गरेका थिए। कोरोनाका कारण आइसोलेसनमा बसेपछि उहाँले नेसन्स लिगको खेलका साथै युभेन्टसबाट १७ अक्टोबरको खेल गुमाउने भएका छन्। साथै उहाँले च्याम्पियन्स लिगअन्तर्गत सिजनको पहिलो खेल पनि गुमाउनु भएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,