Connect with us
Kapilvast Forest

आगामी वर्ष प्राधिकरणले थप सस्तोमा विद्युत् उपलब्ध गराउँछ:मन्त्री पुन

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

ba punanrsam

काठमाडौं-ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत् महशुल अझै घट्ने बताउनु भएको छ ।मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणले घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै महशुल थप घट्ने जानकारी दिनुभएको हो ‘आगामी वर्ष प्राधिकरणले थप सस्तोमा विद्युत् उपलब्ध गराउने मन्त्री पुनले बताउनु भयो ।

खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व सरकारमा आएको र आगामी हिउँदभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युुत् उत्पादन शुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने उहाँको भनाई थियो।

‘खिम्तीको ५० प्रतिशत स्वामित्व सरकारको नाममा आएको छ, माथिल्लो तामाकोशीको उत्पादन आगामी हिउँदमै हुने भएकाले आगामी वर्ष फेरि विद्युत् महशुल घटाइने मन्त्री पुनको भनाइ छ ।

उहाँले वर्तमान सरकार गठन भएपछि ऊर्जा दशक कार्यक्रमअन्तर्गत घोषणा गरिएको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हासिल गर्ने गरी काम भइरहेको बताउनु भयो ।सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्युत्को उत्पादन सजिलै हुनै र उत्पादित बिजुली बेच्न बजारको पनि समस्या नरहेको दाबी गर्नु भयो ।

‘कूल १० हजार मेगावाट विद्युत् आन्तरिक र पाँच हजार मेगावाट बाह्य बजारमा पठाउने गरी नीतिगत र प्रक्रियागत तयारीका काम अघि बढेको उहाँले बताउनु भयो । १० प्रतिशत जनसङ्ख्यामा अझै विद्युतीकरण गर्न बाँकी रहेको जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,