Connect with us
Kapilvast Forest

मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं आउन प्रधानमन्त्री ओलीको निर्देशन

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं-कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्ष र मुख्यमन्त्री शाहीलाई छलफलका लागि नेकपाका अध्यक्षद्वयले काठमाडौं बोलाउनु भएको छ ।

कर्णालीको विवादले गम्भीर रुप लिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई काठमाडौं बोलाउनु भएको हो ।उहाँहरु दुबै पक्षलाई सबै गतिविधि बन्द गरेर निर्देशन समेत दिइएको छ।’

काठमाडौं आउन केन्द्रबाट निर्देशन दिनु भएको हो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने गरी पार्टी संसदीय दलमा उहाँविरुद्ध पार्टीका बहुमत सदस्यले आइतबार अविश्वासको मत दर्ता भएको थियो ।त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई भेटी सो प्रस्ताव फिर्ता लिनका लागि निर्देशन दिन आग्रह गर्नु भएको थियो ।

मंगलबार विहान ओली र प्रचण्डबीच भएको छलफललगत्तै प्रधानमन्त्री ओलीले आँफै फोन गरेर अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेल र मुख्यमन्त्री शाहीसहितका पक्षलाई काठमाडौं बोलाउनुभएको हो ।

यसअघि मंगलबार नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिने घोषणा पछि अविश्वासको प्रस्तावमा कुरा मिलेको थियो ।यसैबीच प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर अविश्वास प्रस्ताव अगाडि नबढाउन र तुरुन्त काठमाडौं आउन निर्देशन दिनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,