Connect with us
Kapilvast Forest

कोरोनाले एकै परिवारका तीनको मृत्यु, ६ जना उपचाररत

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

covid

दमौली -तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भएपछि उहाँलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो। त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उहाँका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुग्नु भयो ।

त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उहाँका छोराहरू काठमाडौं बस्ने ७६ वर्षीय रामकुमार, तनहुँ भिमाद बस्ने ७१ वर्षीय विष्णुकुमार र ७४ वर्षीय कृष्णकुमारमा कोरोना पुष्टि भयो।

कोरोनाबाटै साइलो छोरो विष्णुकुमारको चितवनमा यही असोज १९ गते सोमबार चितवन मेडिकल कलेजमा ज्यान गयो। माइलो छोरो कृष्णकुमारले असोज २४ गते शनिबार बीएन्डबी अस्पताल ललितपुरमा ज्यान गुमाउनु भयो ।

चितवनमा अवस्था चिन्ताजनक भएपछि ९८ वर्षका वृद्धको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उहाँको पनि यही असोज २५ आइतबार निधन भयो। पहिले नेगेटिभ देखिएका वृद्धको रिपोर्ट काठमाडौंमा भने पोजिटिभ देखिएको थियो। परिवारकै अन्य ६ जनामा पनि कोरोना देखिएको छ।

धर्मकुमारका दुवै छोराको उपचारका क्रममा प्लाज्मा थेरापी पनि गरिएको थियो। ‘अवस्था सुधार हुन्छ कि भनेर कोरोना संक्रमणबाट मुक्त पत्रकार लीलप्रकाश चन्दले उहाँहरूलाई प्लाज्मा दान गरेर प्लाज्मा थेरापी पनि गरियो’, तर बचाउन सकिएन कृष्णकुमारका ज्वाइँ एवं नेकपा नेता शंकरनारायण श्रेष्ठले भन्नु भयो ,।’

उहाँका अनुसार ७६ वर्षीय रामकुमार ह्याम्स अस्पतालको आईसीयूमा उपचाररत र उहाँकी पत्नी घरमा आइसोलेसनमा र वृद्धका ७० वर्षका कान्छो छोरो चितवन, छोरी र ज्वाईं अनि साइली बुहारी पोखरामै आइसोलेसनमा रहेको उहाँले जानकारी गराउनु भयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,