Connect with us
Kapilvast Forest

राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

 

काठमाडौँ- नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।

नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।

राष्ट्रसंघको ७५औ महासभामा भएको मतदानमा एशिया प्यासिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् ।परिषदमा अहिले कुल १५ सदस्य निर्वाचित भएका छन्  । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् ।

नेपाल परिषद्मा निर्वाचित भएपछि न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि अमृत बहादुर राइले नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले पुन: निर्वाचित हुन सफल भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालले लगातार मानवअधिकारको क्षेत्रमा परिषदमा बसेर काम गर्ने बताउदै नेपाललाई पुन:निर्वाचित गर्ने सबै देशहरुलाई धन्यवाद दिएका छन्।

नेपाललगायतका देशले आगामी १ जनवरी, २०२१ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने छ ।परिषदमा अफ्रीका र एशियाबाट १३-१३ जान सदस्य हुन्छन भने पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८ तथा पश्चिम युरोप तथा अन्य देशबाट ७ देश सदस्य हुने व्यवस्था रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,