Connect with us
Kapilvast Forest

राजकुमारलाई मारेको अभियोग लागेका सैनिक जवान थुनामा

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

adalt

चितवन – चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङलाई कुटपिट गरेर मारेको अभियोग लागेका एक सैनिक जवानलाई जिल्ला अदालतले पुर्पक्षमा लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार नेपाली सेनाका जवान चिरणकुमार बुढालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

राजकुमारसहित पाँच जना गत साउन १ गते घोंगी खोज्नका लागि चितवन राष्ट्रिय निकुञ्ज भित्र पुग्दा सेनाले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । कुटपिटको ८ दिनपछि राजकुमारको मृत्यु भएको थियो ।

साउन ११ गते पीडितका बुबा विष्णुलाल चेपाङले छोरा राजकुमारको सेनाको कुटाईबाट मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरीमा उजुरी दिएका थिए । पछि भदौ २५ गते उनले छोरालाई कुटपिट गर्ने व्यक्ति चिरणकुमार बुढा नै भएको भन्दैं प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । बर्दियाको गेरुवा–५ का बुढालाई गत असोज ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

चेपाङको मृत्युका विषयमा थप प्रमाणहरु जुटाउँदै अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए । उनलाई जन्मकैद दाबी गर्दै मुद्दा दायर भएको छ ।राजकुमारको पोष्टमार्टम रिपोर्टमा भने मृत्युको कारण ‘अनडिटरमाइण्ड’ उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,