Connect with us
Kapilvast Forest

ओली र प्रचण्ड आज पनि कर्णाली विवादबारे छलफलमा 

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

oli

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुट्नु भएको छ। दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ।

मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाउनु भएको थियो। उहाँहरुलाई विहीवार छलफलका लागि बोलाइएको छ।

सोही विवाद छलफलका लागि प्रचण्ड ९स्१५ तिर बालुवाटार पुगेका थिए।कर्णाली प्रदेशमा उत्पन्न विवादले ओली(प्रचण्डबीचको नियमित छलफलको एजेण्डा ओझेलमा परेको छ।

गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो। तर दुई दिन बाँकी रहँदा समेत एकताका बाँकी काम सम्पन्न गर्न दुई अध्यक्षलाई ठोस कार्ययोजना ल्याउन सकेका छैनन्। असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो। त्यो समय गुज्रिसकेको छ। उता, मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय पनि अनिश्चित बनेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,