Connect with us
Kapilvast Forest

ठूलो मेहनतले अर्घाखाँची राजधानीमा समावेश भएको छ:सांसद आचार्य

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

chetnaryan

अर्घाखाँची – लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ पनि राप्ती उपत्यकामा पर्ने भएकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि कर्णालीको रुपमा चिनिने दक्षिण खाँचीमा विकासको ढोका खोलिएको बताउनुभयो ।

अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले भौगोलिक विकटतालगायतका कारणले एकीकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछि अब विकासको ढोका खोलिएको बताउनुभयो ।

देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछि परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गर्नुभयो ।

ठूलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उहाँले अब विकास निर्माणमा पनि अग्रगामी छलाङ मार्ने बताउनुभयो ।

शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ मा ठूलो विपत्ति आइलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको उहाँले बताउनुभयो । प्रदेशका मुख्यमन्त्रीलगायत भूमिसुधार मन्त्रालयमा गएर आफूले कुरा राखेको पनि उहाँले जानकारी दिनुभयाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,