Connect with us
Kapilvast Forest

उपत्यकाका शक्तिपीठहरू आउँदो शनिबारदेखि खोल्ने तयारी

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आउँदो शनिबारदेखि खोल्ने तयारी गरिएको छ ।काठमाण्डाै उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु आउँदो शनिबार कात्तिक १ गते देखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले बताएका छन् ।

 

उनीहरुले दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको बताएका हुन् । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन ।

कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिर खुल्ला गर्ने निर्णय गरिसकेको छैन ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,