Connect with us
Kapilvast Forest

दलित हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, एक दर्जन घाइते

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

sarlahi-police.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ।

प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्।गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल-टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको थियो।

त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन्।बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसक्रममा जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा सिसा फुटेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले बताउनु भयो ।

‘हाम्रो तर्फबाट भीड नियन्त्रण गर्न लाठी चार्ज भएको छ,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले भने।मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न मागिरहेका छन्। उनीहरूले घटनामा संलग्न नभएका मानिसलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेको सिंहले को ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,