Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई सचिवहरुको सुझाव- ‘कोरोना निर्मूलनमा टेवा पुर्याउन दशैँ बिदा लम्ब्याऔँ’

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

mantralayaa

काठमाडौं-विभिन्न मन्त्रालयका सचिवहरुले दशैँ बिदा लम्व्याउन सरकारलाई सुझाव दिएका छन् । कोरोना भाइरसको महामारीको संकटलाई ध्यान दिदै यसपटक कात्तिक १ गतेबाटै सरकारी कार्यालयका कामहरु बन्द गर्न सचिवहरुले सरकालाई सुझाव दिएका हुन ।

सिंह दरबारदेखि बालुवाटारसम्म कोरोना भाइरस संक्रमण फैलिएको भन्दै प्रधानमन्त्री कार्यालयमा पुगेर सचिवहरुले दशैँ बिदा लम्ब्याउनु पर्ने बताएका हुन् । यसबर्षको दशैँ बिदा सरकारी पात्रो अनुसार कात्तिक ७ गतेदेखि ११ गतेसम्म तोकिएको छ । तर सचिवहरुले भने कोरोना भाइरस निर्मूलनमा पनि टेवा पुग्ने भन्दै कात्तिक १ गतेबाटै सरकारी कार्यलयका काम बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

उता प्रधानमन्त्री कार्यालयले भने सचिवहरुको सुझाव कोरोना भाइरस नियन्त्रणमा सहयोगी भएपनि कार्यान्वयन गर्न नसकिने जनाएको छ । यो बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रुचि नदेखाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कोराेना भाइरसको महामारी कहिलेसम्म रहने भन्ने बिषयमा यकिन नहुने भएकाले लामो बिदा बसे गलत नजिर बस्ने प्रधानमन्त्री ओलीले बताउनुभएको हो । यद्यपि कोरोना महामारीका बेला सचिवहरुको काम कम हुने भएकाले थोरै कर्मचारीले पनि काम गर्नसक्ने बताउनुभयो । सो बिषयमा अहिले नै ठोस निर्ण भने गर्न नसकिने प्रधानमन्त्री कार्यलयको भनाइ छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,