Connect with us
Kapilvast Forest

पुरानो सफा नोट वितरण, नयाँ नोट अभाव

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

मकवानपुर – वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल राष्ट्र बैँक हेटौँडाले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव खड्किएको छ ।

यहाँका उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उनीहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैँक हेटौँडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिनु भयो ।

उहाँका अनुसार बैंकले सेवाग्राहीको माग बमोजिम रु एक हजार, पाँच सय, एक सय, ५०, २०, १०, पाँच र रु दुई दरका पुरानो नोट वितरण गरिरहेको छ ।

मकवानपुरमा नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक र निजी क्षेत्रबाट सञ्चालित विभिन्न बैँक गरी २८ वटा बैँकले अहिले दिनहुँ रु २५ करोड बराबरको दैनिक रकम सर्वसाधारण र कर्मचारीले भुक्तानी लिने गरेको नेपाल बैँक सिटी आफिस हेटौँडाका प्रबन्धक सुरेश लामिछानेले बताउनु भयो ।

पुराना च्यातिएका नोटलाई अलग राखी नच्यातिएका सफा नोटलाई प्याकिङ गरी वितरण गरिएको र ती नोट वितरण गर्न लाइनबद्ध गरी भीडभाड नगरिने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सर्वसाधारणलाई वितरण गर्ने कार्यलाई तीव्रता दिइएको पनि नेपाल बैँकका प्रबन्ध लामिछानेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,