Connect with us
Kapilvast Forest

निःशुल्क वितरण गर्दै आएको इन्टरनेटमा अब शुल्क लाग्ने

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं-भूकम्प प्रभावित ११ जिल्लाका पालिका कार्यालय, वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्था र विद्यालयले ब्रोडब्याण्ड इन्टरनेटको महसुल आफैले तिर्नुपर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषको पैसा प्रयोग गरेर भूकम्प प्रभावित ११ जिल्ला नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीका इन्टरनेट सेवा नपुगेका पालिका, सामुदायिक स्वास्थ्य संस्थाहरु तथा सामुदायिक माध्यमिक विद्यालयहरुमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

दुई वर्षसम्म मात्रै निःशुल्क इन्टरनेट सेवा दिने नीति भए पनि कोरोना भाइरसको महामारीका कारण दुई वर्षभन्दा लामो समय निःशुल्क इन्टरनेट दिइएको प्राधिकरणले जनाएको छ ।

अब भने सम्बन्धित निकायहरुले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,