Connect with us
Kapilvast Forest

कास्कीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

corona

कास्की– पोखरामा एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनु भयो ।

उहाँका अनुसार सो अस्पतालमा हालसम्म उपचारका क्रममा १३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १२७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,