Connect with us
Kapilvast Forest

भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ प्रधानसेनापतिको उपाधि दिने निर्णय

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं-नेपाली सेनाले भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गर्ने भएको छ।कात्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका उनलाई सो उपाधि दिने निर्णय गरिएको हो।

नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने चलन छ।भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ।गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।

तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो।

मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्तो दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,