Connect with us
Kapilvast Forest

हत्यामा संलग्न प्रतिवादी ३० वर्षपछि पक्राउ

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं -प्रहरीले ३० वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढले श्यामकिशोर प्रसाद कुशवाहालाई पक्रेको हो ।

श्यामकिशोर समेतले मिलेर ०४४ भदौ १२ मा सिम्रौनगढ–६ कोहपुर बस्ने जयमंगल प्रसादको हत्या गरेका थिए । सो मुद्दामा सिम्रौनगढ–७ बस्ने श्यामकिशोरलाई बारा जिल्ला अदालतले ०४७ असोजमा १० बर्ष कैद साजय हुने फैसला गरेको थियो ।

३० वर्षदेखी फरार उनी भारतमा लुकेर बसेको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ । बुधवार प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेको हो । हत्यामा संलग्न आरोपीविरुद्ध बज्रकिशोर प्रसाद कोईरीको जाहेरी र प्रहरी अनुसन्धानपछि अदालतले फैसला सुनाएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,