Connect with us
Kapilvast Forest

गृहमन्त्री बादल र इयुका राजदुतबीच भेटवार्ता

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

 

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ९इयु०का राजदुत नोना देप्रेजले आज शिष्टाचार भेटवार्ता भएको छ ।गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले इयुको नेपालका लागि राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–इयु सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गर्नु भयो ।

उहाँले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन समेत राजदुत देप्रेजसँग आग्रह गर्नु भयो ।

गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापन लागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदुतमार्फत धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गर्नु भयो ।

भेटमा राजदुत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनु भयो ।
उहाँले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिवन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदुत देप्रेजले दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,