Connect with us
Kapilvast Forest

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

corona

 

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

मुलुकमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ६ सय ३८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार ९५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,